नियम ४
सवारी दर्ता
(१) ऐनको दफा १४ बमोजिम दर्ता गराउनु पर्ने सवारी दर्ता गराउँदा ऐनको दफा १५ मा उल्लिखित कागजातको अतिरिक्त देहाय बमोजिमको कागजात तथा अनुसूची–३ बमोजिमको दस्तुर सहित सवारी दर्ता गराउन चाहेको कार्यालयमा अनुसूची– ४ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछः–
(क) विदेशमा दर्ता भएको सवारी पैठारी गरेको भए उक्त दर्ता प्रमाणपत्रको प्रतिलिपि,
(ख) नियम ३ बमोजिमको प्रवेश दर्ता सक्कल निस्सा,
(ग) सवारी धनी आफैँ उपस्थित नभई अरू कसैलाई पठाएको भए सोको अख्तियारनामा ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा कार्यालयले त्यस्तो दरखास्तको सम्बन्धमा आवश्यक जाँचबुझ गरी ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही कार्यालयमा राखिएको अनुसूची–५ बमोजिमको सवारी दर्ता
किताबमा सवारी दर्ता गरी दरखास्तवालालाई दर्ताको प्रमाणपत्र दिनुपर्नेछ ।
(३) उपनियम (२) बमोजिम दर्ता भएको सवारीको धनीलाई कार्यालयले अनुसूची–६ मा उल्लेख भए बमोजिम अक्षर र अङ्क सहितको नम्बर प्लेट संकेत दिनेछ । सवारी धनीले यस्तो नम्बर प्लेट, संकेत सम्बन्धित सवारीमा प्रष्ट रूपमा देख्न सकिने गरी राख्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको नम्बर प्लेट इम्बोस्ड गरिएको हुनु पर्नेछ ।
स्पष्टीकरणः उपनियम (४) को प्रयोजनको लागि ‘इम्बोस्ड’ भन्नाले ‘धातुको प्लेटमा विद्युतीय तथा यान्त्रिक माध्यमद्वारा अक्षर र अङ्क उठ्ने गरी लेखिने काम सम्झनु पर्छ ।
४क. सवारी साधनमा उपनियम (४) बमोजिम इम्बोस्ड गरिएको नम्बर प्लेट जडान गर्दा लाग्ने दस्तुर अनुसूची–६क. मा उल्लेख भए बमोजिम हुनेछ ।
(५) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि नम्बर प्लेट इम्बोस्ड गर्ने सम्बन्धमा आवश्यक पूर्वाधारको व्यवस्था नहुञ्जेलसम्मको लागि नेपाल सरकारले ताके बमोजिमको नम्बर प्लेट संकेत प्रदान गरिनेछ ।